एमाले कास्की अडियो काण्ड: ३ कार्यकर्ता निलम्बित
कास्की | जेठ १८, २०७९
पोखरा: पोखरा महानगरपालिकाको प्रमुख पदका एमाले उम्मेदवार कृष्ण थापालाई हराउन योजना बुनेका तिन जनालाई निलम्बन गरको छ ।
नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत उक्त घटनामा संलग्न वडा २१ का पार्टी संगठित सदस्य मनोज पहारी, पोखरा ३३ वडा कमिटीका उपाध्यक्ष महेश अर्याल र सोही वडाकै पार्टी संगठित सदस्य प्रशान्त आचार्यलाई विधानको धारा ८१ अनुसार निलम्बित गरेको हो ।
उनीहरु अब आफ्नो जिम्मेवारीबाट मुक्त भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएकाे छः
‘स्थानीय निर्वाचन २०७९ को शिलशिलामा पोखरा महानगरपालिकाको निर्वाचनसँग जोडिन आएको अनेकौं विषयहरुको बारेमा नेकपा एमाले कास्कीले मसिनो गरि अध्ययन गरिएको सर्वविधितै छ ।
त्यसक्रममा सार्वजनिक भएका भ्याइस क्पिल र त्यसमा संलग्न व्यक्तिहरुसँग पार्टीका सम्बन्धित कमिटीहरुले स्पष्टिकरण सोधि निजहरुको बारेमा पार्टी विधानको धारा ८० अनुसारको अनुशासन उल्लंघन गरिएको ठहर गरि धारा ८१ बमोजिम कारवाही प्रक्रिया अगाडी बढेको जानकारी गराउँदछौं, विज्ञप्तीमा लेखिएको छ, ‘मातहतका कमिटीले अगाडी बढाएको कारवाही प्रक्रिया र प्राप्त तथ्यहरु केलाउदा तपशिलमा उल्लेखित व्यक्तिहरुलाई अगाडी बढाएको कारवाही प्रक्रिया निष्कर्षमै पुर्याउनै पर्ने आवश्यकता महसुस गरि तत्कालको लागि जिल्ला कमिटी कास्की निम्न निष्कर्षमा पुगेको अवगत गराउँदछौं ।’
विज्ञप्ती:
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

